मन्त्री महासेठ कार्यक्रमलाई सम्बोधनै नगरी फर्किए


 


जनकपुर १७ भदौ
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सहभागी कम भएपछि कार्यक्रमलाई सम्बोधनै नगरी फर्किएका छन् ।
मन्त्री महासेठ गणेश युवा कमिटीको अगुवाईमानवनिर्मित गणेश प्रतिमाको प्राणप्रतिष्ठा कार्यक्रममासहभागी हुन मंगलबार जनकपुर आएका थिए । मन्त्री महासेठ गणेश पूजनोत्सवमा सहभागी भए पनि सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेनन् ।

दर्शक कम भएकाले मन्त्री महासेठले कार्यक्रमलाई सम्बोधन नगरिएको भए पनि आयोजकले अत्यधिक गर्मीका कारण कार्यक्रम स्थगित गरिएको दाबी गरेको छ। अत्यधिक गर्मीको कारण सहभागीहरुलाई कठिनाई हुने भन्दै मन्त्रीज्यूले कार्यक्रमलाई सम्बोधन गर्नुभएन आयोजक संस्थाका सञ्जयकुमार साहले भने। स्रोतका अनुसार सहभागी कम भएको भन्दै मन्त्री महासेठ रिसाएका थिए ।

रामचौकस्थित धनुषसागरको पश्चिमी घाटमा नवनिर्मित गणेश मन्दिरको उद्‍‌घाटन तथा गणेश प्रतिमाको प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुन मन्त्री महासेठ दिउँसाे सवा १ बजे पुग्दा आयोजक संस्थाका केही सदस्यबाहेकको उपस्थिति अति न्यून थिए। मन्त्री महासेठले न्यून सहभागितालाई दृष्टिगत गरी पहिले पूजाअर्चना गर्न निर्देशन दिए । मन्त्री महासेठले पूजापाठमा झण्डै ४५ मिनेट बिताए पनि सहभागी नबढेपछि नबोली फर्किएका थिए ।

प्रकाशित मिति: १७ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्