काठमाडौंका मेयर/उपमेयर ५ दिने भ्रमणमा फिन्लयान्ड


 


काठमाडौं १६ भदौ
काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी फिनल्याण्ड भ्रमणमा गएका छन्।  नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार र विकास निर्माण सम्बन्धी विभिन्न कार्यक्रममा भाग लिन सोमबार उनीहरू फिनल्याण्ड गएका हुन्।

महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार मेयर र उपमेयर पाँच दिने भ्रमणका लागि फिनल्याण्ड गएका हुन्।

‘भ्रमण वर्षको प्रचारप्रसार र विकास निर्माण सम्बन्धी कार्यक्रममा भाग लिने कार्यक्रम छ,’ उनले भने, ‘विकास र प्रविधिको प्रयोगबारे पनि छलफल हुनेछ।’
मेयर र उपमेयर नै भ्रमणमा गएपछि महानगरको दैनिक प्रशासनिक लगायत कामकाज हेर्ने गरी वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ। जनप्रतिनिधिमध्ये श्रेष्ठ जेठो भएकोले बरिष्ठताका आधारमा जिम्मेवारी दिइएको हो।

प्रकाशित मिति: १६ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्