विप्लव समूहको इन्चार्ज हुँ भन्दै धम्की दिएको आरोपमा पक्राउ


 


१५ भदौ, काठमाडौं ।
विप्लव समूहको नाम लिएर सरकारी कार्यालयका प्रमुखलाई धम्की दिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विप्लव समूहको काठमाडौं जिल्ला इन्चार्ज हुँ भनी घरमा बम पड्काउने र ज्यान लिनेसम्मको धम्की दिएर रकम असुलेको अभियोगमा प्रहरीले झापा घर भई वानेश्वर बस्ने विश्वराज शर्मा, भक्तपुर बस्ने सुवास कोइराला र काँडाघारी बस्ने शुभम घिमिरेलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
उनीहरुलाई भदौ १३ गते र १५ गते काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये कोइरालाको साथबाट जनध्वनि साप्ताहिक समाचारपत्रको सम्पादकको परिचयपत्र बरामद भएको प्रहरीले जनाएको छ

प्रकाशित मिति: १५ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्