कस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था, कहिले फर्कदैछन् नेपाल ?


 


काठमाडौं, भदौ १२
प्रधानमन्त्री केपी शर्मा ओली भदौ २० गतेसम्ममा स्वदेश फर्किने भएका छन् । यतिबेला प्रधानमन्त्री ओली उपचारको सिलसिलामा सिंगापुरमा छन् ।

नेकपाका केन्द्रीय सदस्य देवेन्द्र दाहालसँग बुधबार टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्रीले सिंगापुरको आफ्नो बसाइँ अब बढीमा एक साता हुने बताएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्लाज्माफेरेसिस उपचार पद्धति उनको शरीरमा सुट हुँदै गइरहेको छ। प्लाज्माफेरेसिस भनेको रगतमा रहेको प्लाज्मा छानेर हटाउने प्रकृया हो।

यो पद्धतिबाट उपचार थालिएसँग प्रधानमन्त्रीको स्वास्थ्यअवस्थामा क्रमिक सुधार आएपछि उनकी निजी डाक्टर दिव्या सिंह बुधबार नै नेपाल फर्किएकी छन् ।

भदौ ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीको ६ गतेदेखि उपचार थालिएको थियो । एकदिन बिराएर गरिने प्लाज्माफेरेसिस तीन पटक गरिसकिएको छ र बिहीबार चौंथो पटक हुँदैछ।

१२ वर्षअघि फेरिएको मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर गएका हुन् । उनको त्यहाँ रहेको नेशलन युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १२ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्