हवाइ भाडा घट्याे, कहाँ जाँदा कति भाडा ? (सूचिसहित)
काठमाडाैं, असार २०
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका छन् । वायुसेवा सञ्चालक संघले सोमबारदेखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेको हो ।
सञ्चालक संघको मंगलबार बसेको बैठकले हवाई भाडा घटाउने निर्णय गरेको हो । काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरामा प्रतियात्रु ११५ रुपैयाँ घटाइएको छ भने सबैभन्दा टाढाको गन्तव्य धनगढीमा ३८५रुपैयाँ घटाइएको छ ।
यसैगरी, काठमाडौंबाट विहानमा हुँदै आएको माउन्टेन फ्लाइटमा ३७५ रुपैयाँ घटाइएको छ । निगमले आइतबार हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएर ९९ रुपैयाँ कायम गरेको छ । यसअघि निगमले हवाइ इन्धनको मूल्य घटाउँदा पनि आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका थिए । संघले प्रतियात्रु प्रतिमिनेटका दरले गन्तव्यका आधारमा भाडा घटबढ गर्ने गरेको छ ।
यस्ताे छ नयाँ भाडादर
देखि | सम्म | घटेको शुल्क (रु.) | नयाँ भाडा (रु.) |
---|---|---|---|
काठमाडौं | पोखरा | १६५ | ४२३० |
काठमाडौं | भैरहवा | २०५ | ५३०० |
काठमाडौं | बिराटनगर | २३५ | ६०५५ |
काठमाडौं | भरतपुर | १३५ | ३०९० |
काठमाडौं | भद्रपुर | २७५ | ७३८५ |
काठमाडौं | धनगढी | ३८५ | १०६०५ |
काठमाडौं | नेपालगञ्ज | २९५ | ७९५५ |
काठमाडौं | जनकपुर | १५० | ३५९५ |
काठमाडौं | माउन्टेन फ्लाइट | ३७५ | ९०१० |
काठमाडौं | तुम्लिङटर | २०५ | ४९८५ |
काठमाडौं | सिमरा | ११५ | २६५० |
प्रकाशित मिति: २० असार २०७३, सोमबार