कश्मीर उच्च तनावमा, राष्ट्रलाई सम्बोधन गर्दै के भने भारतीय प्रधानमन्त्री मोदीले ?
एजेन्सी, साउन २४
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीर क्षेत्रमा तनाव बढेका बेला राष्ट्रलाई सम्बोधन गरेका छन् । शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रलाई सम्बोधन गर्दै विवादित कश्मीर क्षेत्रको विशेष हैसियतसम्बन्धी धारा ३७० को खारेजीको बचाउ गरेका छन्।
प्रधानमन्त्री मोदीले धारा ३७० ले कश्मीरलाई लाभ दिनुको साट्टो भ्रष्चारमा डुबाएको बताएका छन् । प्रधानमन्त्री मोदीले हाम्रा भाइबहिनीहरु धेरै किसिमको अधिकारबाट बञ्चित रहेका थिए र अब त्यो समस्या दुर भइसकेको समेत बताएका छन् । उनले भने, ‘धारा ३७० र ३५ क ले जम्मू(कश्मीरलाई पृथकतावाद आतङ्कवाद परिवारवाद अनि व्यवस्थापनमा ठूलो भ्रष्टाचारबाहेक केही दिएको थिएन।’
मोदीले सरकारको निर्णयले कश्मीरको वर्तमान सुध्रिने र भविष्य सुरक्षित हुने बताएक छन् । उनले धारा ३७० को ३५ क ले पछिल्ला ३ दशकमा ४२ हजारको ज्यान लिएको समेत स्मरण गराए ।
कश्मीर अहिले इन्टरनेट तथा फोन लाइन बन्द छ भने त्यहाँबाट ५ सयजनाभन्दा धेरैलाई पक्राउ गरिएको बताइएको छ।अस्थायी हिरासत कक्षमा त्यहाँका राजनीतिज्ञ, अभियानकर्मी, अगुवा, व्यापारी तथा कलेजका प्राध्यापक राखिएका छन्। सोमवार भारत सरकारले संसद्मा उक्त निर्णय गर्नुभन्दा पहिल्यैदेखि कश्मीर पूर्ण बन्दको अवस्थामा रहेको छ।
त्यहाँका बासिन्दाले हिंसा भड्किने चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसङ्घले कश्मीरमा सञ्चार बन्द गरिएको, नेताहरूलाई पक्राउ गरिएको र राजनीतिक भेला गर्न प्रतिबन्ध लगाइएकोबारे चासो राख्दै त्यहाँ ूमानवाधिकारको स्थिति झन् बिग्रिन सक्नेू भन्दै चिन्ता व्यक्त गरेको छ।
सो घटनाक्रम लगत्तै पाकिस्तानले भारतसँगको द्विपक्षीय व्यापार स्थगन गरेको थियो भने उस्ले आफ्नो राजदुतावास फिर्ता बोलाउने घोषणा समेत गरेको छ । त्यस्तै पाकिस्तानलेभ भारतको स्वोत्रतन्त्रा दिवसमा कालो दिन मनाउँने घोषणा समेत गरेको छ ।
प्रकाशित मिति: २४ श्रावण २०७६, शुक्रबार