सुष्मा स्वराजको निधनमा अमिताभले लेखे यस्तो भावुक कविता


 


काठमाडौं । भारतीय पूूर्व विदेशमन्त्री सुषमा स्वराजको कार्डिएक अरेस्टका कारण निधन भएपछि यतिबेला भारतीय शोकमा छन् । राजनीतिज्ञदेखि रंगकर्मीहरु समेत भावुक छन् । सर्वसाधारणलाई पनि उनको अकल्पनीय मृत्युले नराम्रो प्रभाव पारेको छ ।

यस्तैमा बलिउड अभिनेता अमिताभ बच्चन पनि सुषमा स्वराजको स्मरणमा भावुक बनेका छन् । सुषमाकाे निधनमा भावुक भएका अमिताभले छोटो कविता पनि लेखेका छन्,

‘मृदुभाषी, सम्मोहक वक्ता,
मिलनसार, दुखहर्ता
सुस्माजी जेसोका रिुक्त स्थान कभी नहि भर्ता’

अर्थात्, सुषमा जी जस्तोको रिक्त स्थान कहिले पनि भरिदैन’

बच्चनले आफूले मात्र कविता लेखेका छैनन्, उनले सुषमा स्वराजको बारेमा लेखिएको कविताहरु रिट्वीट पनि गरेका छन्।

कवि महाशय विकास नामक ट्वीटरमा लेखिएको कविता अमिताभले शेयर गरेका छन्,

पत्थर सी मज़बूत, ग़ज़ब थी उनकी कार्य क्षमता
हिन्दुस्तान के फलक पर व्यक्तित्व है चमकता

नारी शक्ति का सशक्त उदाहरण थी सुषमा जी
बना देती थी वो काम जो किसी से न था बनता

सुषमा जी को बहुत बहुत नमन और श्रद्धांजलि ॐ शांति ॐ

प्रकाशित मिति: २३ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्