पाकिस्तानले चाल्यो कडा कदम, भारतीय उच्चायुक्तलाई देश निकाला


 


एजेन्सी, साउन २२

जम्मू कश्मीरमा भारतीय कदमपछि पाकिस्तानले कडा एक्सन लिएको छ । पाकिस्तानले भारतीय उच्चायुक्तलाई देश निकाला गरेको छ भने व्यापार स्थगन गरेको छ । पाकिस्तानले भारतीय उच्चयुक्तलाई देश निकाला गरेपछि दुई देशबीचको सम्बन्ध थप तनावतिर गएको छ ।

भारतले जम्मू कश्मीरको विशेष हैसियत खोसेपछि पाकिस्तान र चीनले गम्भीर असहमति जनाउँदै आएका थिए । भारतले जम्मू कश्मीरको बिषयमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‍मा कुरा उठाउने तयारी पनि गरेको छ । तर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू कश्मीरको विशेष हैसियत खोस्ने भारतको निर्णयविरुद्ध लड्ने चेतावनी दिइसकेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री इमरानले भारतको निर्णयले अन्तर्राष्ट्रिय कानुन तोडेको र भारतमा जातको आधारमा हिंसा हुन सक्ने डर रहेको पनि बताएका छन् । भारतले विशेष हैसियत रद्द गरेसँगै उक्त क्षेत्र पूर्ण बन्दको अवस्थामा छ।

प्रकाशित मिति: २२ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्