अाेली र देउवाबीच भेट, के-के भयाे कुराकानी ?
काठमाडौँ, असार ४
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच व्यवस्थापिका–संसद्को कार्य सञ्चालन नियमावलीको विवादबारे आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा आइतबार व्यवस्थापिका–संसदमा सो नियमावलीमाथि हुने छलफलमा सहमतिका लागि सकारात्मक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच नियमावली सहमतिका आधारमा पारित गराउनेबारेमा कुराकानी भएको छ । आइतबारको संसद्को बैठकमा नियमावली प्रस्तुत हुने कार्यतालिका छ । संसद्को सुनुवाइ विशेष समितिमा कति सदस्य राख्ने भन्नेबारेमा सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीच विवाद देखिँदै आएको थियो ।
सत्तापक्षले नयाँ संविधान बमोजिम १५ सदस्यीय समिति र काँग्रेसले अघिल्लो संविधान बमोजिम ७५ सदस्यीय समिति हुनुपर्ने अडान राख्दै आएको छ । सो समिति गठनमा ढिलाइ हुँदा न्यायाधीश, राजदूतलगायत पदमा भएको सिफारिसबारे सुनुवाइ हुन सकेको छैन ।
प्रकाशित मिति: ४ असार २०७३, शनिबार