काश्मीरमा भारतीय कदमको प्रतिकार गर्ने पाकिस्तानको घोषणा


 


एजेन्सी । पाकिस्तान सरकारले भारतको अधिनमा रहेको जम्मु काश्मीरबारे भारत सरकारको निर्णयलाई गैरकानुनी भन्दै त्यसको प्रतिकार गर्न सबै संभव उपाय अपनाउने घोषणा गरेको छ।

नरेन्द्र मोदी सरकारले जम्मु काश्मीरवासीहरुले पाउँदै आएको विशेष अधिकार त्यसको पात्रको हैसियतको समाप्ती र सुरक्षा निकायहरुको व्यापक परिचालन गरे लगत्तै पाकिस्तान सरकारले यस्तो प्रतिक्रिया दिएको हो।

पाकिस्तान विदेश मन्त्रालयद्वारा जारी एउटा प्रेस विज्ञप्तिमार्फत भारत सरकारको कदमको निन्दा र त्यसलाई स्वीकार नगर्ने पाकिस्तान सरकारले जनाएको हो।

प्रकाशित मिति: २० श्रावण २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्