सत्य निरूपण तथा मेलमिलाप अायाेगमा भाेजपुरबाट कस्ता-कस्ता उजुरी परे ?


 


भाेजपुर, असार ४

भोजपुरमा बेपत्ता छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी आउने क्रम जारी रहेको छ । दुर्इ पटक सम्म म्याद थप गर्दा समेत उजुरी आउने क्रम नरहेकोले पुन तेश्रो पटक उजुरी गर्ने समयको म्याद थप गरीएको छ ।

उजुरी आउने क्रम नरोकीएकोले पुन असार मशान्त सम्मलाई उजुरी दर्ता गर्ने म्याद थप गरीएको स्थानिय शान्ति समिति भोजपुरले जनाएकाे छ । शान्ति समितिकाे कार्यलयमा हाल सम्म १ सय ९१ वटा उजुरी परेका छन् ।

स्थानीय शान्ती समिती भोजपुरले संकलन गरिरहेको तथ्याङकमा सत्य निरुपण तथा मेलमिलाप आयोगमा १ सय ८१ वटा उजुरी परेकाछन् । बेपत्ता छानविन आयोगमा १० जनाको उजुरी परेको छ ।

राज्यपक्षका विरुद्धमा १ सय ३९ वटा र विद्रोही पक्षका विरुद्धमा ५२ वटा उजुरी परेका छन् । सबैभन्दा बढी उजुरी घाइते र मृतकमा परेको छ । उजुरी अनुसार घाइतेमा ५६ वटा र ४२ वटा मृतकमा परेको छ । अन्य उजुरी विस्थापीत, अपहरण, सम्पतिकब्जा, जग्गा कव्जामा परेका छन् ।

प्रकाशित मिति: ४ असार २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्