तपाईलाई थाहा छ ? आँपले यी बिरामको ओखतीको काम गर्छ
बच्चामा माटो खाने बानी छ भने त्यसलाई छुटाउन आँपको बियाको चूर्ण पानीमा मिलाएर दिनहुँ दुई, तीनपटक खान दिनुहोस्। यसले पेटको किरा पनि मर्छ।
– सुख्खा खोकी छ भने एक पाकेको आँप लिनुहोस्, आगोमा सेकाउनुहोस्, सेलाइसकेपछि बिस्तारै चुस्नुहोस्, खोकी निको हुनेछ। – मधुमेहमा आँपको पातलाई छायाँमा सुकाएर चूर्ण बनाउनुहोस्। यसलाई ५–५ ग्रामको मात्रामा बिहान, बेलुकी पानीमा राखेर १०–१५ दिन लगातार सेवन गर्ने हो भने लाभ मिल्छ।
-कब्जियतमा पाकेको आँपमा तातो दूध पिउने हो भने दिसा खलास हुन्छ, जसबाट कब्जियतबाट छुटकारा मिल्छ। – गिजाबाट रगत निस्कने समस्यामा आँपको बियाँ निकालेर पिस्नुस् र यसलाई मञ्जनको रुपमा प्रयोग गर्ने हो भने पायरियासहित दाँतका रोगबाट लाभ मिल्छ। -काँचो आँपलाई रस पिउनाले लू तथा गर्मीबाट हुने बेचैनी ठीक हुन्छ। -एक कप आँपको रसमा ५० ग्राम मह मिसाएर बिहान, बेलुकी सेवन गर्नाले क्षयरोगमा लाभ मिल्छ।
-यसमा रहेको पोटासियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रणमा रहन्छ। -यसले तौल बढाउँछ, गर्भावस्थामा दैनिक एक आँप खानाले राम्रो हुन्छ। – २ सय ग्राम आँपको रस, १० ग्राम अदुवाको रस र २ सय ५० ग्राम दूध मिसाएर पिउनाले शारीरिक र मानसिक निर्बलता नष्ट हुन्छ र स्मरणशक्ति बढ्छ
प्रकाशित मिति: २० श्रावण २०७६, सोमबार