तपाईलाई थाहा छ ? कालो चियाको बारेमा केही फाइदाजनक तथ्य यस्ता छन् !


 


1.रोग प्रतिरोधात्मक क्षमतामा बढाउँछ : कालो चिया एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ। जसले शरीरमा रोगसँग लड्ने क्षमतालाई बढाउन चाहान्छन्, उनीहरुले बिहान खाली पेटमा कालो चिया पिउनु उपयुक्त हुन्छ।

2.क्यान्सर हुनबाट बचाउँछ : नियमित बिहान एक कप कालो चिया पिउने गर्ने हो भने क्यान्सर जस्तो भयानक रोगबाट बच्न सकिन्छ। 3.मुटुजन्य समस्याबाट खतरा हुँदैन :एक अध्ययन अनुसार दिनहुँ तीन कप कालो चिया पिउँदा मुटुजन्य समस्याको खतरा हुँदैन।

4.छिट्टै बुढोपन देखिँदैन : कालो चियामा पाईने एन्टी अक्सिडेन्टले शरीरमा भएको टक्सिन्सलाई बाहिर निकाल्छ । यसले कारण उमेर बढेको लक्षण छिटै देखिँदैन।

5.पसिना गन्हाउने समस्याबाट छुटकारा मिल्छ : कतिपयको समस्याको जड बनेको हुन्छ पसिना। यो सामान्य नभई एक समस्या नै हो। कालो चिया पिउँदा शरिरको विषाक्त टक्सिन बाहिरिने हुँदा पसिना कम गनाउँछ ।

प्रकाशित मिति: १९ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्