एसएलसीकाे रिजल्ट अायाे, भाेजपुरमा अन्याेल


 


भाेजपुर, असार ३

एसएलसी रिजल्ट आए पनि जिल्लामा कति विद्यार्थीले कुन ग्रेडमा पास गरे भन्ने अन्योलमा सबै परेका छन् । एसएलसीको रिजल्ट आए पनि यति वेला कुन विद्यालयले कति विद्यार्थी उर्तिण गरायो भन्ने अन्योलमा जिल्ला शिक्षा कार्यालय भाेजपुर परको छ ।

लेटर ग्रेडिङ्ग प्रणालीमा नतिजा आएको हुँदा जिल्ला शिक्षा कार्यालय नै यसबाट वेखबर वनेको हो । जिल्लाबाट नियामित र अंशिक गरि जम्मा ५३ सय ३४ जना विद्यार्थीले परिक्षा दिएका थिए ।

तर अहिले सम्म कुन विद्यालयले कुन ग्रेडमा कति विद्यार्थी उर्तिण गरायो भन्ने कार्यालयलाई जानकारी नभएको कार्यालयले जनाएको छ । जिल्ला शिक्षा कार्यालय मात्र होइन, विद्यार्थीहरुमा पनि आफुले पाएको ग्रेडले कुन विषय पढ्न पाउने साथै कुन विषय लाग्यो भन्नेमा अन्योल रहेका छन् ।

भोजपुर जिल्लामा विभिन्न स्थानमा १९ वटा केन्द्रमा परिक्षा सञ्चालन गरिएको थियो । अहिले सम्म पुरा जानकारी नआएकोले अव परिक्षा नियन्त्रणका कार्यालयले सवै विवरण नपठाए सम्म केहि भन्न नसकिने साखा अधिकृत रेवती प्रसाद पराजलीको बताए ।

प्रकाशित मिति: ३ असार २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्