मुटु स्वस्थ राख्ने ८ तरिका यस्ता हुन् !
मानव शरिरको सबैभन्दा संवेदनशील अंग हो मुटु । यसले मानिस बिरामी होस् वा स्वस्थ, एक क्षण पनि काम गर्न छोड्दैन । सेकेन्डभर पनि मुटुले काम नगरेमा हाम्रो जीवन नै रहँदैन ।
सारा शरीरभर फिँजिएको रक्तसञ्चार प्रणाली यही मुटुका कारण हरक्षण चलिरहेको हुन्छ । शरीरको माथितिर शुद्ध रगत बहन्छ भने शरीरको तलतिर जोडिएका नसा फोहोर रगत शुद्धताका लागि मुटुमा आउँछ । यसरी आएको रगत मुटुको दायाँ भाग हुँदै फोक्सोमा जान्छ । फोक्सोमा पुगेपछि अक्सिजनयुक्त रगत मुटुको देब्रे भागमा चार वटा नली भएर फर्कन्छ ।
स्वस्थ मुटुका लागि हामी सतर्क रहनैपर्छ । मुटुरोग मुख्य गरी दुई कारणबाट हुन्छ । एउटा जन्मजात र अर्को वयस्कमा हुने रोगका कारण । जन्मजात हुने मुटुरोगको उपचार र वयस्कमा भएको मुटु रोगको उपचार भिन्न हुने गर्दछ । किनकि, यी रोगका कारण पनि भिन्न नै हुने गर्दछन् । चिकित्सकले यसको निदान उनीहरूको विधि र प्रविधिअनुसार गर्ने गर्छन् ।
मुटु स्वस्थ राख्न खानपानको भूमिका निकै हुने गर्दछ । शारीरिक व्यायाममा पनि ध्यान दिनुपर्दछ । वजन कम गर्ने, तनाव कम गर्ने , नियमित शारीरिक अभ्यास गर्ने , ब्लड प्रेसर नियन्त्रण गर्ने , डायबिटिज नियन्त्रण गर्ने , राम्रो सँग निदाउने , धुम्रपान नगर्ने , मदिरा नपिउने
प्रकाशित मिति: १८ श्रावण २०७६, शनिबार