क्यान्सरदेखि मधुमेहसम्ममा फाइदाजनक यो फल !


 


1.मधुमेहमा फाइदाजनक : मधुमेह रोगीका लागि अनारको सेवन फाइदाजनक हुन्छ । सामान्यत के सोचिन्छ भने अनारमा शुगर हुन्छ । यो सहि हो । तर, त्यसमा रहेको शुगरले शरीरमा शुगरको लेभल बढाउँदैन ।

2.हृदय रोगमा : अनारको सेवनले रक्त धमनीलाई पोषित गरेर रक्त प्रवाहमा सुधार ल्याउँछ । इटलीको एक विश्वविद्यालयमा गरिएको एक अध्ययन अनुसार अनारको रसले धमनीमा हुने समस्याको उपचार गर्छ । यसका साथै बेलायतको पोषण जर्नलमा प्रकासित अध्ययन अनुसार ८ सय मिलीग्राम अनराको बीजको तेल ट्राइग्लिसराइड्स कम गर्छ र उच्च घनत्व भएको लिपोप्रोटिन अनुपातमा सुधार ल्याउँछ । अनारको जुसमा पाइने तत्वले कोलोस्टोरको मात्रा कम गर्छ । साथै रगतलाई शुद्ध गर्छ । यसले रगत पातलो बनाउँछ ।

3.स्मरण शक्ति बढाउन : नारको सेवनले स्मरण शक्ति बढाउने बताइन्छ । यसले अल्जाइमर जस्तो मस्तिष्क सम्बन्धित बिकार हटाउने पनि क्षमता राख्छ । २०१३ मा भएको एक सोध अनुसार दिमागी क्रियामा सुधार ल्याउनका लागि अनारको रस उपयोगी हुन्छ ।

4.पाचन क्रिया : नियमिन रुपले अनार सेवन गर्दा पाचन सम्बन्धी समस्या पनि हट्छ । पाचन क्रिया सहि भयो भने धेरै किसिमको रोगको भय पनि हुँदैन । 5.क्यान्सरको खतरा कम : अनारको सेवनले शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निकाल्छ । यसले क्यान्सर जस्तो भयानक रोगबाट बचाउँछ । साथै अनारमा एन्टिअक्सिडेन्ट हुन्छ । यसले क्यान्सरको कोशिकालाई नष्ट गरेर ट्युमरको विकासमा पूर्ण बिराम लगाउँछ । अनारको फलको सेवन प्रोस्टेट, फोक्सो, स्तन र छालाको क्यान्सरमा अत्यान्त लाभदायक हुन्छ ।

6.अनुहारमा निखार : नार स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । साथै सुन्दरताको लागि पनि । आर्युवेदमा यसलाई सौन्दर्य बढाउनका लागि प्रयोग गरिन्छ । अनारको बोक्राको स्क्रब बनाएर प्रयोग गर्दा अनुहारको ब्ल्याक हेड्स हट्छ । साथै अनारको सेवनले अनुहारमा चमक ल्याउँछ ।

7.गर्भावस्थामा फाइदाजनक : नारमा भिटामिन र मिनरल हुन्छ । यसका साथै फ्लोरिक एसिड पनि पाइन्छ । यो गर्भमा रहेको शिशुका लागि राम्रो भोजन हो । अनारमा पाइने पोटेशियमले गर्भावस्थामा हुने खुट्टाको दुखाई पनि कम गर्छ ।

प्रकाशित मिति: १७ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्