कपाल धुँदा यस्तो गल्ती कहिल्यै नगर्नुहोस् !
१ रुमालले कपाल नसुकाउने : रुमालले कपाल सुकाउन खोज्दा कपाल जर्खरिन्छ र यसकारण कपाललाई हानि हुन्छ । यसको साटो तपाईं टिशर्ट कपालमा बाँध्नुस् वा पेपर ब्लट प्रयोग गर्नुस् ।
२ अति सर्वत्र वर्जयेत् : तपाईंले टन्न श्याम्पू वा कन्डिस्नर प्रयोग गर्दा कपाल राम्रो हुन्छ भन्ने ठान्नुहुन्छ भने त्यो गलत हो । धेरै हालेर जितिने यो कुनै प्रतियोगिता होइन, थोरै काफी छ ।
३ हल्का माड्नुस् : भाँडा माझेजस्तो गरी टाउको घोट्नुभयो भने कपालमा समस्या आउँछ । यसो गर्दा कपाल झर्छ र कमजोर हुन्छ । हल्का मात्र माड्नुस् र कपाललाई हानिबाट जोगाउनुस् ।
४ फेदबाट टुप्पोतिर : कपालको सबभन्दा महत्वपूर्ण कुरा भनेको जरो हो । कन्डिस्नरलाई कपालको फेदबाट टुप्पोतिर लगाउँदा तपाईंको कपाल नरम हुन्छ ।
प्रकाशित मिति: १५ श्रावण २०७६, बुधबार