मुम्बइमा भारी वर्षा : जनजीवन कष्टकर, फसेको रेलबाट एकहजार बढीको उद्धार


 


मुम्बइ । भारी वर्षाका कारण मुम्बइका विभिन्न क्षेत्रको जनजीवन कष्टकर बनेको छ । भारतको मुम्बइमा लगातार वर्षा हुँदा त्यहाँ कैयौं हवाई उडान पनि रद्ध गरिएको छ सडक पानीले भरिएका छन् ।

भारी वर्षाका महालक्ष्मी एक्प्रेसको एउटा यात्रुवाहक रेल शनिबार फसेको थियो । करिब १२ घण्टा पानीमा फसेको रेलका सबै यात्रुको सकुशल उद्धार गरिएको छ । उक्त रेलमा रहेका १०५० को उद्धार गरिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: १२ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्