भारतीय दूतावासको जलपानमा सांसदको लर्को
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिका सभापतिहरु भारतीय दूतावासको जलपानमा सरिक भएका छन् । उनीहरु राजदूत मन्जिवसिंह पुरीको निमन्त्रणामा सोमबार त्यहाँ गएका हुन् ।
भारतीय रिसर्च एण्ड एनालाइसिस विङका उच्च अधिकारीहरुसमेत आएकाले उनीहरुको सम्मानमा आयोजित जलपानमा सांसदहरु सहभागि भएका हुन् । एक समिति सभापतिका अनुसार १० दिनअघि नै मोबाइलमा निम्ता पठाइएको थियो । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।
प्रकाशित मिति: ७ श्रावण २०७६, मंगलबार