टुँडिखेलमा साेई ढाेले साेई (फाेटाे फिचर)


 


sakela (4)काठमाडाैं, जेठ २२

राजधानीमा बस्दै आएका किरात समुदायले शनिबार टुँडिखेलमा साकेला नाच नाचेका छन् । साकेला नाच्न आफ्नो जातीय भेषभुषामा सजिएर टुँडिखेल पुग्नेमा युवा युवतीको बाहुल्यता थियो । उनीहरुलाई माैसमले पनि साथ दिएको थियो । न चर्को घाम लागेको थियो त न पानी नै परेको थियो ।

sakela (1)प्रकृति पूजामा विश्वास गर्ने किराँती समुदायका मानिसहरूले ढोल बजाउँदै र गीत गाउँदै समूहमा नृत्य गरे । गर्मी महिनामा सर्वसाधारण मानिस तथा विभिन्न जीवजीवात्मा, चराचुरुङ्गीले शीतलताका लागि उँधो÷उँधो बासस्थान परिवर्तन गर्ने भएकाले उधौली तथा बिरुवा पलाउने तथा टुसाउने समयमा उभौली नाच नाचिन्छ ।

sakela (2)किराँत समुदायले मुलुकमा बालीनाली राम्रो होस्, अतिवृष्टि, अनावृष्टि भई अनिकाल नहोस् भनी याे पर्व धुमधामका साथ मनाउँदै अाएका छन् ।

sakela (3)sakela (5)

 

प्रकाशित मिति: २२ जेष्ठ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्