काँग्रेस नेता रहेका पूर्वमन्त्री बस्नेतको स्रोत नखुलेको ६१ करोड सहकारीमा
काठमाडौं, साउन ३
राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा स्रोत नखुलेको रकम भेटिएको छ । सहकारीमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको हो ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्वसञ्चारमन्त्री समेत रहेका कस्नेतले प्रणामी सहकारीमा राखेको उक्त रकमको अध्ययन सुरु गरेको छ । विभागले सो रकम झिक्न नमिल्ने बनाएको समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।
प्रकाशित मिति: ३ श्रावण २०७६, शुक्रबार