सुनकाे भाउ अाेरालाे लाग्दै


 


काठमाडाैं, जेठ १७

साताको दोस्रो दिन सोमबार सुन प्रतितोला २ सय रुपैयाँले सस्तिएको छ। हिजो आइतबार प्रतितोला ५४ हजार २ सय रुपौयाँमा कारोबार भएको सुन आज ५४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

केही दिनयता सुनको मूल्यमा लगातार गिरावट आएको छ। त्यस्तै चाँदीको मूल्यमा पनि केही कमी आएको छ। आइतबार प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: १७ जेष्ठ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्