प्रधानमन्त्री भन्छन् : सरकारको नेतृत्वका विषयमा एमाओवादीसँग सम्झौता भएको छैन


 


काठमाडाैं, जेठ १७

प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले बजेट कार्यान्वयन गर्ने दाबी गर्दै सरकारको नेतृत्व परिवर्तन गर्ने विषयमा एमाओवादीसँग कुनै पनि प्रकारको गोप्य सम्झौता नभएको स्पष्ट पारेका छन् । संसद् भवन नयाँ बानेश्वरमा आइतबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले नयाँ सरकार गठनका विषयमा कुनै सहमति नभएको प्रस्टीकरण दिएका हुन् ।

द्विविधा नराख्नुस्,कुनै सम्झौता भा’छैन यो बजेटपछि सरकार फेरिन्छ भन्ने हल्ला चलाइएको छ, तपाईंहरू कोही पनि त्यो भ्रममा नपर्नुस् । सरकारको नेतृत्वका विषयमा एमाओवादीसँग कुनै गोप्य सम्झौता भएको छैन ।

सरकार बजेटपछि त फेरिन्छ, तर कुनचाहिँ बजेटपछि ? ०७३ सालको यो बजेटपछि भने फेरिन्न । सायद ०७४ सालको बजेटपछि फेरिन्छ भनेको हो कि ? द्विविधा नराख्न र दृढतापूर्वक बजेटका पक्षमा उभिन म आग्रह गर्दछु । नयाँ पत्रिका दैनिक

प्रकाशित मिति: १७ जेष्ठ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्