कति बढ्ने भाे कर्मचारीकाे तलब ?


 


काठमाडाैं, जेठ १५

सरकारले राष्ट्रसेवक कर्मचारीको तलब २० प्रतिशत बढाउने भएको छ । तर, सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिवसहित मुख्य सचिवसमेत रहने सुझाव समितिले भने २५ प्रतिशतसम्म तलव बढाउन सिफारिस गरेको छ ।

सिधै तलब २५ प्रतिशत बढाउन अप्ठेरो पर्ने भए पोशाक भत्ता, महंगी भत्ता, ग्रेड बढाएर २५ प्रतिशत पुर्‍याउन सिफारिस गरिएको छ । राष्ट्रसेवकको तलब बढ्दा महंगी बढ्ने भन्दै सर्वसाधारणले आलोचना गरिरहेका बेला सरकारले महंगी भत्ता, पोशाक भत्ता र ग्रेडमात्रै बढाएर भए पनि तलब बढाउने ‘चोरबाटो’ समाएको हो ।

त्यस्तै कर्मचारीको कम्तिमा १ लाखसम्मको स्वास्थ्य विमा एवं सरकारी सवारी साधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई उसकै नाममा गाडी उपलब्ध गराउने लगायतका १३ बुँदे प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्