सोह्र वर्षकै उमेरमा तिम्ल्याहा !


 


जुम्ला, जेठ १३

पातारासी–२ तल्फीगाउँकी १६ वर्षीया किशोरी सङ्गीता बोहोराले तीन शिशु जन्माएकी छिन् । उनले आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ती शिशु जन्माएकी हुन् । पहिलो एक हजार ४०० ग्राम, दोसो ८५० ग्राम र तेस्रो शिशु एक हजार ४०० ग्रामको जन्मिएको अस्पतालका नर्सिङ अधिकृत सविना थापाले जानकारी दिइन ।

पहिलो र दोस्रो शिशु जीवितै अवस्थामा तथा तेस्रो सन्तान छोरी भने मृतावस्थामा जन्मिएका हुन् । आमाको स्वास्थ्यवस्था भने सामान्य रहेको बताइएको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्