भाेलि चक्काजाम नहुने


 


काठमाडाैं, जेठ १३

यातायात ब्यवसायीले गरेकाे दुई दिने चक्काजाम भाेलि नहुने भएकाे छ । यद्यपी सरकारसँगकाे अाजकाे बार्ता भने मिल्न सकेन् । सडक नियमविपरित सवारी चलाउनेलाई गरिने जरिवाना विृद्धिको विरोधमा चक्काजाम गरेका यातायात व्यावसायी र सरकारबीचको आजको वार्ता भोली पुनः बस्नेगरी स्थगित भएको छ ।

यातायात व्यवस्था विभागमा बसेको वार्ता भोली शुक्रबार बिहान १० बजे पुनः बस्नेगरि स्थगित भएको हो । वार्ताकाक्रममा व्यवासायीले आगामी दिनमा चक्काजाम तथा बन्द लगायतका काम नगर्ने जानकारी दिएको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले शुक्रबार बस्ने वार्ताको निर्णयपछि मात्र दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा हुने बताए । उनले सरकारले आज गिरफ्तार गरेका सबै ५ सय मजदुरलाई बिनासर्त छाडेको समेत जानकारी दिए ।

प्रकाशित मिति: १३ जेष्ठ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्