सुनको भाउ घट्यो


 


काठमाडाैँ, जेठ १२

बुधबार एकैदिनमा सुनको भाउ ७ सय रुपैयाँ घटेको छ। मूल्य घटेसँगै सुन आज ५५ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। केही दिनदेखि ५६ हजारमा स्थिर रहेको सुनको भाउ हिजो मंगलबार २ सय घट्दै ५५ हजार ८ सय रुपैयाँ कायम भएको थियो।

चाँदीको मूल्य केही दिनदेखि सस्तिदैँ गएपनि आज भने स्थिर छ। हिजो ७ सय ६० रुपैयाँ कायम भएको चाँदी आज पनि सोही भाउमा भएको छ।

प्रकाशित मिति: १२ जेष्ठ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्