अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल जेठ १२ गते। बुधबार। इश्वी सन् २०१६ मे २५ तारिख। शकसंवत् १९३८। नेपाल संवत् ११३६ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– तृतीया, ५:२० बजेउप्रान्त चतुर्थी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। सामाजिक उत्तरदायित्व प्राप्त हुन सक्छ। धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा जुट्ने समय छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

कमजोरी देखा पर्नुका साथै काम बिग्रने डरले सताउन सक्छ। अध्ययनमा समय दिन नसकिएला। पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्योपचारमा खर्च हुने योग छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। चोटपटक लाग्ने योग देखिएकाले सवारीसाधन उपयोग गर्दा सावधानी अपनाउनुहोला। सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

विभिन्न अवसरले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। अतिथिको रूपमा सत्कार समेत पाइने सम्भावना छ। मनग्य धनलाभ हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मेहनतले गुमेको धन तथा अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तापनि, ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। चुनौती चिर्दै काम बनाउन सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

समयअनुसार चल्न नसक्दाअलि दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न नसकिएला। भौतिक साधन अभावले पछि परिनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। तथापि प्रयत्न गरेको काम ढिलै भए पनि सम्पादन हुन सक्छ। अध्ययनमा ध्यान नजाने र चिताएको उपलब्धि तत्काल प्राप्त नहुने देखिन्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। प्रयत्न गर्दा आमाको माध्यमबाट काम बनाउन सकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

सहयोगीहरू जुट्नाले रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। गरिएका कामको तारिफ हुनेछ भने प्रौत्साहन वा पुरस्कारसमेत प्राप्त हुन सक्छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

विभिन्न अवसरले पछ्याउनेछन्। बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष समारोहमा भाग लिने मौका छ। दाम तथा मानसम्मान हातलागी हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

समयमा होश नपुग्दा नोक्सान हुन सक्छ। बनिसकेको काम बिग्रनाले दोहोर्याउनुपर्ने स्थिति आउला। घरखर्च पनि बढ्नुका साथै अभावले सताउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। बलजफ्तीले पछिसम्म बाधा पुर्याउन सक्छ। होसियारीसाथ काम लिनहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। भौतिक साधन जुट्नाले तत्कालको आवश्यकता पूर्ति हुनेछ। श्रमको उचित मूल्यांकन हुनाले मनग्य लाभ हुनेछ। सजिलै काम बन्नाले साझेदारी, सट्टापट्टा आदिमा सोचेभन्दा राम्रो फाइदा हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। कला, साहित्य भ्रमण आदिमा रुचि जाग्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन्। तत्काल ठूलो फाइदा उठाउन नसकिए पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

प्रकाशित मिति: १२ जेष्ठ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्