नदी किनारमा उच्च सर्तकता अपनाउन आग्रह, आकस्मिक बहाबको सम्भावना
काठमाडौं नेपाल बाढी सूचनाले आज कन्काई, बबई नदी तटीय क्षेत्रमा आकस्मिक बहाबको सम्भावना रहेको जनाएको छ । मंगलबार बिहान सूचना जारी गर्दै सर्तकता अपनाउन आग्रह गरिएको छ ।
२४ असार २०७६
आज कन्काई र बबई नदी तटीय क्षेत्र र भोली प्रदेश २ को समग्र चुरे क्षेत्रमा आकस्मिक बहाबको संभावना। पर्सि भने
देशको #कन्काई_कोसी_कमला_बागमती_नारायणी नदीहरु र आसपासका सवै स-साना खोलानालाहरुमा भारी वर्षा संगै बहाबले सतर्कता तह पार गर्न सक्ने संभावना छ। उच्च सतर्कता जरुरी। pic.twitter.com/6ipsCbZDkd— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 9, 2019
आज देशैभरीका नदीनालाहरु बढ्दो क्रममा रहने सूचनामा उल्लेख गरिएको छ । त्यस्तै, सिन्धुपाल्चोक, गोरखा र सन्यान र यी जिल्ला आसपासका जिल्लाहरुबाट बहने स–साना खोलानालाहरुमा ठूलो वर्षासहित आकस्मिक बहाब हुन सक्ने जनाइएको छ ।
यसैगरी, भोलि प्रदेश २को समग्र चुरे क्षेत्रमा आकस्मिक बहाबको सम्भाबना रहेको सूचनामा जानकारी गराइएको छ । त्यस्तै, पर्सि कन्काई, कोसी, कमला, बागमती र नारायणी नदीहरु र आसपासका सबै स–साना खोलानालाहरुमा भारी वर्षासँगै बहाबले सर्तकता तह पार गर्न सक्ने सम्भावना रहेको छ ।
प्रकाशित मिति: २४ असार २०७६, मंगलबार