अमेरिकाको क्यालिफोर्नियामा फेरि ७.१ म्याग्निच्युडको भूकम्प गयो
एजेन्सी, असार २१
अमेरिकाको क्यालिफोर्नियामा पुनः शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा रहेको मरुभूमि क्षेत्र केन्द्रविन्दु भएर ७।१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वे (युएसजिएस) ले जनाएको छ ।
पछिल्लो दुई दशक यताकै शक्तिशाली कम्पन रहेको युएसजिएसले उल्लेख गरेको छ । भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट झण्डै २४० किलोमिटर उत्तर पूर्वमा अवस्थित रिड्गेक्रेस्ट शहर नजिक रहेको जनाइएको छ ।
स्थानीय समय अनुसार शुक्रबार बेलुका सात बजेर १३ मिनेट जाँदा ९नेपाली समय अनुसार शनिबार बिहान ९ बजेर चार मिनेट जाँदा० भूकम्प गएको हो ।
सोही क्षेत्र केन्द्रविन्दु भएर नेपाली समय अनुसार शुक्रबार बिहान ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो । शनिबारको भूकम्पका कारण विद्युत आपूर्ति बन्द भएको जनाइएको छ ।
प्रकाशित मिति: २१ असार २०७६, शनिबार