पाकिस्तानले बंगलादेशलाई हरायो


 


एजेन्सी, असार २१

एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्र्तगत हिजो राति भएको ४३ औँ खेलमा बंगलादेशलाई हराउँदै पाकिस्तान बाहिरीएको छ । न्युजिल्यान्डसँग समान ११ अंक भएको पाकिस्तान नेट रन रेटका आधारमा लिग चरणबाट बाहिरीन पुगेको हो ।

योसँगै न्युजिल्यान्ड सेमिफइनल प्रवेश गरेको छ । त्यस्तै अष्ट्रलिया,भारत,इंग्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनमा पुगेका छन् । भारत र अष्ट्रेलियाले एक एक खेल खेल्न बाँकी छ ।

पाकिस्तानको जितमा तीब्र बलर शाहिन शाह अफ्रिदीले एक्लै ६ विकेट लिर नयाँ रेर्कड बनाएसँगै बंगलादेश ९४ रनले पराजित भएको हो । पाकिस्तानका लागि ३ सय १६ रनको विशाल लक्ष्य खडा गर्न ओपनर इमामले उल हकले १ सय रनको योयदान दिएका थिए ।

४४।१ ओभरमा अल आउट हुँदै २ सय २१ रनमा रनमा समेटिएको बंगलादेशका लागि सकीब अल हसनले सर्वाधिक ६४ रन बनाएका थिए ओपनर तामिम इकवाल ८, सौम्य सरकार २२, मुश्फिकुर रहिम १६, लिटन दास ३२, महमुदूल्लाह २९, मोसाद्देक हसन १६ रनमा आउट हुँदा बंगलादेशको हार निश्चित देखिइसकेको थियो ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले आफ्नो क्रिकेट करियरकै उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले ९।१ ओभरमा ३५ रन खर्चेर ६ विकेट लिए । सादव खान २, मोहम्मद आमिर र वहाब रियाजकोले एक एक विकेट लिए ।

त्यसअघि पाकिस्तानका लागि इमामले उल हकले १ सय बलमा ७ चौका प्रहार गरेर १ सय रन बनाउँदै ४२ ओभरको पाँचौ बलमा पेलिभन फर्किए । उनले ९९ बलमा वान डे करिअरको सातौं तथा विश्वकपमा पहिलो शतक पुरा गरेका थिए।

बाबर आजम९६,ओपनर फकार जमान १३, मोहम्मद हफिज २७, हरिस सोहेल ६, कप्तान शरफराज ३, अहमद, वहाब रियाज २, सादव खान १ र इमाद वासिम ४३ रनमा आउट भए । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले १० ओभरमा ७५ रन खर्चेर ५ विकेट लिए भने मोहम्मद सैफुद्दीनले ३ र मेहदी हसनले एक विकेट लिए ।

पाकिस्तान ९ खेलमा ५ मा जितेको पाकिस्तान ११ अंक हुँदा समान अंक भएको न्युजिल्यान्डसँग नेट रनरेटले पछि रहँदा सेमिफाइनलमा प्रवेश गर्नबाट चुकेको छ । उता ९ खेलमा ३ जितेको बंगलादेशले सातौं स्थानमा रहेर विश्वकप समाप्त गर्यो ।

प्रकाशित मिति: २१ असार २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्