सिंगापुरलाई २१७ रनले हराउँदै नेपाल समूह विजेता हुँदै सेमिफाइनलमा


 


काठमाडौं, असार २०

सिंगापुरलाई २१७ रनले पराजित गर्दै एसीसी इस्टर्न रिजन यू–१९ क्रिकेटमा नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’मा रहेको नेपालले दुवै खेल जित्दै विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले पहिलो खेलमा १० विकेटले चीनलाई पराजित गरेको थियो । त्यस्तै शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई २१७ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालले दिएको ३२७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९.१ ओभरमा १०९ रन बनाएर अल आउट भयो । सिंगापुरका तीन खेलाडीले मात्रै दोहोरो अंकको रन बनाउन सफल बने । नेपालका लागि कुशल मल्लले ४ र तिलकराज भण्डारीले २ विकेट लिए ।

कुशलले ९ ओभरमा १ मेडन राख्दै १४ रन खर्चिए । तिलकले ५.१ ओभरमा १ मेडन राख्दै ९ रन खर्चिएका थिए । रसिद खान र सागर ढकालले पनि एक एक विकेट बाँडे ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालका लागि रीत गौतमको शतक, खडक बोहारा र कुशल मल्लको अर्धशतकमा ४ विकेट गुमाएर ३२६ रन बनाएको थियो । ओपनर रीत गौतमको सानदार शतक र खडग बहादुर बोहोराले ९० रनको पारी खेलेपछि नेपालले विशाल योगफल बनाएको हो ।

प्रकाशित मिति: २० असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्