यी हुन् १० क्यान्सरबाट बचाउँने खानेकुरा


 


काठमाडौं। खानेकुरा मानिसको स्वास्थ्यको महत्वपूर्ण मापक हो। हामीले कस्तो खान्छौं, के खान्छौं रु त्यसले नै हाम्रो स्वास्थ्य निर्धारण गर्दछ।बढ्दो रसायनिक कुराहरुको प्रयोग, घट्दो ओजोन तह अनि अस्वस्थ खानपिनका कारणले हामी सबै जना यस रोगको जोखिममा छौं। स्मरणरहोस्, गएको दशकमा क्यान्सर रोगका बिरामीहरु संसारभरि नै निकै बढेका छन्। क्यान्सर धेरै प्रकारका छन् र यसबाट बच्न पनि हामी उत्तिकै सचेत रहन जरुरी छ।

१- खानामा लसुनको प्रयोग बढाउनुहोस् – लसुनमा भएको सल्फर तत्वले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउँदछ। स्मरणरहोस्, लसुनको प्रयोगले शरीरका ट्युमरहरुको बृद्धि कम गराउँदछ । बिभिन्न अध्ययनहरुले त पेटको क्यान्सरलाई लसुनको दैनिक सेवनले १२ प्रतिशतसम्म घटाउने देखाएका छन्।

२- उसिनेको वा बफ्याएको ब्रोकाउली – ब्रोकाउलीलाई क्यान्सर निरोधक सुपर खानाका रुपमा समेत लिइन्छ। पकाएर भन्दा पनि सामान्य बफाएर र उसिनेर खाएमा यसका पौष्टिक तत्वहरु सजीव रहन्छन्। यसले क्यान्सरको जोखिमबाट बचाउँछ।

३- कागतीको नियमित प्रयोग – कागतीमा हुने सिटरस तत्वले मुख अनि पेटको क्यान्सरबाट जोगाउने बिभिन्न अध्यनले देखाएको छ। यसको नियमित प्रयोग स्वस्थकर छ। कागतीको बहुआयमिक उपयोगिता छ।

४- किबीको प्रयोग – अहिले नेपालमा पनि व्यवसायिक किबी खेती हुन थालेको छ, किबी सहजै उपलब्ध पनि छ नेपाली बजारमा । दैनिकजसो किबीको खाने गरेमा क्यान्सरबाट जोगिन सकिन्छ। यसरी किबी खाँदा साधारणतया किबीलाई आधामा काटेर बीचको भागलाई चच्चाले खुर्केर खानु उपर्युक्त हुन्छ।

५- हरियो प्याजका पातहरु – अध्ययनहरुका अनुसार दैनिक हरियो प्याजका पातहरुले प्रोस्टेटको क्यान्सर लगभग ५० प्रतिशतले कम गर्दछ। पूरै पकाएर भन्दा पनि काँचै वा बफाएर खानु राम्रो हुन्छ।

६- हरियो चिया – अध्ययनका अनुसार दैनिक हरियो चिया सेवन गर्ने महिलाहरुमा ५० प्रतिशत कम क्यान्सर हुने सम्भावना हुन्छ। अमेरिकन जर्नल अफ क्लीनिकल न्युट्रिसनको विश्वव्यापी अध्ययनले पनि यो तथ्यलाई पुष्टि गरेको छ।

७- स्याउ – स्याउमा भएको फाइबर तत्वले हाम्रो आन्दा्रमा क्यान्सरका जिवाणु बन्न दिँदैनन्। जर्मन अध्ययनका अनुसार स्याउमा हुने एक प्रकारको एन्टीअक्सिडेन्ट तत्वले क्यान्सर सेलको नाश गर्दछ।

८- टुसा उम्रिएको खाना कुराहरु र गेडागुडी – उम्रिएको वा टुसा उम्रिएको खानाहरुमा सल्फरिन तत्वको अधिक हुन्छ। यसले क्यान्सरवाट हाम्रो शरीरको रक्षा गर्दछ।

९- बन्दागोभी – बन्दालाई हामीले धेरैजसो हेपेको तरकारी हो। तथापि यसको दैनिक सेवन गरेमा मलद्धार र आन्द्राको क्यान्सरबाट जोगाउँछ। यसको सेवनले ट्युमरको वृद्धिबाट पनि रोक्दछ।

१0- गाजर – गाजरमा अत्याधिक मात्रामा बेटा क्यारोटिन पाइन्छ। यसका अलावा पनि गाजर बिभिन्न प्रकारका अन्य धेरै फाइदाजनक तत्वहरु पाइन्छ, जसले हामीलाई क्यान्सरबाट जोगाउँदछ।

प्रकाशित मिति: २० असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्