संखुवासभामा ओडारमा भेटियो एसएलआर
संखुवासभा, असार १९
संखुवासभाको होयङ्लास्थित ओडारबाट प्रहरीले हतियार तथा बन्दोबस्तीका सामान बरामद गरेको छ । पाँच दिनदेखि कर्डन एण्ड सर्च अपरेशन सञ्चालन गर्दै आएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले एसएलआरसहित बन्दोबस्तीका सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार, ओडारमा लुकाइ राखेको अवस्थामा एक थान एसएलआर बरामद भएको हो ।
प्रकाशित मिति: १९ असार २०७६, बिहिबार