उडिरहेको प्लेनबाट एक यात्रु खसेपछि…


 


एजेन्सी– बेलायतमा उडिरहेको प्लेनबाट खसेर एक जनाको ज्यान गएको छ । हिथ्रो विमानस्थलमा अवतरण गर्ने क्रममा रहेको केन्या एयरलाइन्सको विमानबाट एक यात्रुको खसेर ज्यान गएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार उनी विमानको ल्यान्डिङ गियरभित्र लुकेर यात्रा गरिरहेका थिए । विमान अवतरणको क्रममा ल्यान्डिङ गियर खोलेपछि उनी तीन हजार ५ सय फिट माथिबाट जमिनमा खसेको बताइएको छ ।

दक्षिण लन्डनको आवासीय क्षेत्रमा रहेको एउटा घरको बगैंचामा ती व्यक्ति खसेका थिए । प्रत्यक्षदर्शीले भने, ‘एकछिनसम्म म त ट्वाल्ल परेँ सोच्नै नसक्ने घटना, ‘आकाशबाट मान्छे पो खस्यो ।’ ती व्यक्ति जमिनमा खस्दा ठूलो आवाज समेत आएको उनले बताएका छन् । उनी खसेको स्थानमा जमिनसमेत भासिएको छ । उनको परिचय भने खुलाइएको छैन ।

केन्याको नैरोबीबाट स्थानीय समयअनुसार आइतबार बिहान सवा नौ बजे उडेको सो विमान हिथ्रो विमानस्थलमा अवतरणको तयारीमा थियो

प्रकाशित मिति: १८ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्