रुपन्देहीमा गोली चल्यो


 


बुटवल, असार १७

आज अपरान्ह रुपन्देहीको गैडहवा गाउँपालिकामा गोली चलेको छ । गोली चलेसँगै एक महिलाको चार लाखभन्दा बढी रकम लुटेर अज्ञात समूह फरार भएको छ । इलाका प्रहरी कार्यालय सूर्यपुराका निमित्त इलाका प्रहरी कार्यालय प्रमुख सई पदम थापाले घटनाको पुष्टि गरे ।

लुम्बिनीबाट कृषि बिकास बैंकमा ४ लाख ६३ हजार रुपैयाँ निकालेर अटोरिक्सामा आउँदै गरेकी गैडहवा गाउँपालिका–४ की रेशमकुमारी मल्ललाई सोही गाउँपालिका ३ को मंगलपुर चोकमा पछाडीबाट अटोरिक्साको टायरमा गोली हानी दुई जनाको अज्ञात समूह फरार भएको सई थापाले जानकारी दिए ।

रिक्सामा एक जना चालक थिए, दुईजना पुरुष र ती महिला थिइन् । थापाले भने– लुटेर भाग्दा आफुलाई भेटाउन नसकुन भनेर उनीहरुले टायरमा गोली चलाएको हुनसक्ने अनुमान गरिएको छ ।’ घटनाका अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्