मन्त्रीहरु कहाँ छन? संसद भन्दा ठुलो चर्पी उद्घाटन हो?


 


काठमाडौं : राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले मन्त्रीहरु संसद बैठकमा उपस्थित नभएकोमा आक्रोश पोखेका छन्। मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै नेकपाका सांसद बिडारीले मन्त्रीहरुले संसदलाई हेपेको भन्दै आक्रोश पोखेका हुन्।

‘सम्बन्धित मन्त्रालयको कार्यक्रममाथि छलफल भइरहँदा मन्त्रीहरु कहाँ जान्छन्? मन्त्रीका लागि यो सदन भन्दा ठुलो अन्त कहाँ छ?’, उनले प्रश्न गरे, ‘मन्त्रीहरु यहाँ किन आउँदैनन्? सदनप्रति मन्त्रीहरु जवाफदेही हुनुपर्दैन? मन्त्रीहरु सदनप्रति व्यक्तिगत र सामूहिकरुपमा जिम्मेवार हुनुपर्छ ।’ सांसद बिडारीले मन्त्रीहरु अनावश्यक काममा कुदेकाले देश बिग्रिएको भन्दै आक्रोश पोखे।

‘मन्त्रीहरु ट्वाइलेटदेखि मन्दिरसम्म उद्घाटनमा दौडन्छन्, त्यही भएर यो देश बिग्रियो’, उनले भने, ‘मन्त्रीले देश विकासको योजना बनाउने हो, यसरी अनावश्यक काममा समय बर्बाद गर्ने होइन।’ यसरी हुन्छ भ्रष्टाचार सांसद बिडारीले भ्रष्टाचार गर्ने डरलाग्दो सुत्रले देश बिग्रिएको बताए । ‘भ्रष्टाचार गर्ने सूत्र खतरा रहेछ। एक सय रुपैयाँ किन्ने चिजलाई अनुमानित २०० रुपैयाँबजेट विनियोजन गर्यो।

कामचाहिँ ५० रुपैयाँको गरेर डेढ सय रुपैयाँ झ्वाम पारिँदो रहेछ।’ राम्राी राम्री युवती र वलिष्ठ युवा निर्यात गर्ने देशका रुपमा नेपाल बदनाम भएको बताउँदै यसबाट मुक्त हुन सक्नुपर्ने बताए । लोभी र पापीका दुवै मालिकहरु लामो समयसम्म रहेकाले देश बिग्रिएको उनले बताए। ‘अत्यन्त गरिब राष्ट्रहरुमा नेपाल दरियो। भ्रष्टाचार हुन देशमा नेपाल छ। दोहोरो घरबार भएका कर्मचारी भएका कर्मचारीको देश नेपाल हो ऋणले डुबेको देश नेपाल हो’,

उनले भने, ‘यो बेथिति अहिलेदेखिको हो? यो सरकारले गरेको हो ?’ कांग्रेसतिर लक्षित गर्दै उनले केही मान्छेहरु चर्को चर्को स्वरमा कठोर बचन गर्दै अहिलेको सरकारलाई दोष लाउन उद्यत रहेको उनले सुनाए। उनले एउटा भर्‍याङ भाँच्चिएको किसानले सानो रुख काट्दा वन मुद्दा बोक्ने गरेको बताउँदै अर्बौँको काठ तस्करी गर्नेलाई सरकारले रोक्न नसकेको कटाक्ष गरे।

प्रकाशित मिति: १७ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्