प्रकाश दाहालको ३८ औं जन्मदिन, प्रतिष्ठानले आज विशेष कार्यक्रम गर्दै


 


काठमाडौं आज असार १७ अर्थात् प्रकाश दाहालको ३८ औं जन्मदिन ! नेकपा अध्यक्ष पुष्पकमल दाहालका एक मात्र छोरा स्वर्गिय प्रकाश दाहालको जन्म दिनमा प्रकाश दाहाल प्रतिष्ठानले आज विशेष कार्यक्रमको आयोजना गर्न लागेको छ ।

प्रतिष्ठानका अध्यक्ष तथा प्रकाशकी श्रीमती खानेपानी मन्त्री बिना मगरले राष्टिय सभा गृहमा प्रकाशको सम्झनामा जन्म दिन विशेष कार्यक्रम गरी मनाउन लागिएको बताइन् । उनका अनुसार, उक्त कार्यक्रममा प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान २०७६ को कार्यक्रम समेत आयोजना गरिने भएको छ ।

अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रम राष्टिय सभा गृहमा बिहान ११ -३० बजे शुरु हुने आयोजकले जनाएका छन् । स्वर्गीय दाहाल अध्यक्ष प्रचण्डको स्वकीय सचिव तथा तत्कालिन माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत थिए ।

प्रकाशित मिति: १७ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्