निर्वाचनमा मतपत्र च्यात्ने दुईजनालाई एक/एक लाख जरिवाना


 


चितवन । भरतपुर महानगरपालिकाको स्थानीय तह निर्वाचनमा मतपत्र च्यत्ने दुई जनालाई एक/एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

सोमबार चितवन जिल्ला अदालतले तत्कालीन माओवादी केन्द्रका नेता तथा कार्यकर्ता द्रोणबाबु शिवाकोटी र मधु न्यौपानलाई एकरएक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो । उनीहरुले भरतपुर महानगरपालिका १९ को मतगणना भइरहँदा मतपत्र च्यातेका थिए।

जिल्ला न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई दोषी ठहर्‍याई जरिवाना तोकेको हो । निर्वाचन कसुर सम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले २ वर्षपछि गत जेठ ३० गते दोषी ठहर गरे पनि उनीहरुको कसुर निर्धारण भने गरेको थिएन ।

निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार यस्ता दोषीलाई एक लाख जरीवाना वा दुई वर्ष जेल वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रकाशित मिति: १७ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्