पानी दुरुपयोग गरे एक वर्ष जेल, पाँच लाख जरिवाना !


 


काठमाडौं : ‘पानी’ त हो नि भनेर जथाभावी खर्च नगरौं है, अब अनावश्यकरुपमा पानी पोखदा हामी सबै तीन महिनादेखि एक वर्षसम्म जेल बस्नुपर्ला नि! त्यति मात्र हो र पाँच लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ला!

संसद सचिवालयमा दर्ता भएको खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७६ मा यस्तो व्यवस्था राखिएको छ। खानेपानीमन्त्री बिना मगरका अनुसार स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाइ प्राप्त गर्ने नागरिकको मौलिक अधिकारीको सम्मान, संरक्षण र परिपूर्ति गरी स्वच्छ तथा गुणस्तरीय खानेपानी र सरसफाइ सेवा सहज बनाउन उक्त विधेयक ल्याइएको समाचार नेपाल समाचारपत्र दैनिकमा छ।

विधेयकको दफा ५ मा पानीको स्रोत तथा मुहनाको संरक्षणसम्बन्धी व्यवस्था छ, जसको संरक्षण नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको समन्वयमा हुने उल्लेख छ।

प्रकाशित मिति: १७ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्