सुनवर्षीमा मृतकका परिवारलाई नगरपालिकाले जनही ५० हजार दिने


 


सुनवर्षी । सेफ्टी ट्याङकीको फर्मा खोल्ने क्रममा शनिबार ज्यान गुमाएका ४ जना मजदुरका परिवारलाई सुनवर्षी नगरपालिकाले जनही ५० हजार रुपैयाँका दरले राहत दिने भएको छ ।

सोमबार बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । चारै जनाको परिवारलाई जनही ५० हजारका दरले २ लाख रुपैयाँ दिने निर्णय गरेको मेयर कालिप्रसाद दासले बताए । काजक्रिया खर्चबापत रकम सहयोग गर्ने निर्णय भएको मेयर दासले बताए ।

शनिबार सुनवर्षी नगरपालिका —९ मा सेफ्टी ट्याङ्कीको फर्मा खोल्ने क्रममा ६० वर्षीय मोहम्मद कपिल आलम, १९ वर्षीय सहनवाद आलम, २२ वर्षीय मोहम्मद ओसिब आलम र २५ वर्षीय फिरोज आलमको मृत्यु भएको थियो । मोहम्मद कपिल र फिरोज बाबु छोरा हुन । ४ जनाको मृत्यु भएपछि नगरपालिकाले आइतबार शोक बिदा दिएको थियो । आइतबार नै उनीहरूको सामुहिक दाहसंस्कार गरिएको थियो ।

प्रकाशित मिति: १७ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्