पुरा हुँदै ओलीको बोली, चिनिया टोलीद्वारा दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण शुरु


 


दैलेख । चिनियाँ टोलीद्वारा दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण शुरु भएको छ । आइबार दैलेख पुगेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पन्चकोशीको अवलोकन भ्रमण पछि अन्वेषण लगत्तै उखनन्को काम सुरु गर्ने बताएका छन ।

उनले चिनियाँ टोलीले केहि हप्ता दैलेखमा बसेर अन्वेषणको काम सक्ने वित्तिकै उनिहरुले दिएको प्रतिवेदनको आधारमा उत्खनन्को काम अघि बढाउने बताए । पेट्रोलियम पदार्थको अन्वेषणमा चाइना सकारले ठुलो सहयोग गरेको मन्त्री यादवले बताए । चाइना जियोलोजिकल सर्भेको टोलीलाई चाइना सरकारले आफ्नै खर्चमा नेपालमा अन्वेषण गर्न पठाएकोमा चाइना सरकार प्रति आभार प्रकट गरे ।

उनले भने- “दैलेखमा पेट्रोलियम पदार्थ छ भन्ने पुर्खाहरुले नै थाहा पाइसकेको कुरा हो, त्यसैले पुर्खाहरुले यहाँ मन्दिर बनाएर पुजा गर्ने गरेका थिए , यसलाई हामीले वैज्ञानिक रुप दिन खोजेको हौ ।” अन्वेषणमा पेट्रोलियम पदार्थको भन्डारण धेरै पाइएमा तत्काल उत्खनन्को काम गरिने पनि उनले बताए ।

उत्खनन् सुरु भएपछि यहाँका युवाहरुलाई उत्खनन् सम्बन्धी उच्च शिक्षा दिन कोटा छुटएर पढ्ने व्यवस्था समेत गर्ने बताए । कर्णालीमा धन भएपनि सोच भने गरिब भएकाले नै आर्थिक स्थितीमा कमजोर भएको उनको भनाइ छ ।

पेट्रोलियम पदार्थको अन्वेषण र उत्खनन् गर्न संघिय, प्रादेशिक र स्थानीय सरकारको निकै महत्वपुर्ण भुमीका रहने मन्त्री यादवको भनाइ छ ।

प्रकाशित मिति: १७ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्