उद्योग वाणिज्य संघ इटहरीमा भिम पौडेल बिजयी


 


इटहरी, असार १६

सुनसरीको इटहरीस्थित उद्योग वाणिज्य संघको निर्वाचन अन्तरगत सोमबार बिहान सम्पन्न मत परिणाम अनुसार अध्यक्षमा भिम पौडेल  निर्वाचित भएका छन । प्रतिद्वन्दि शैलेस बिष्टलाइ ११२६ मतान्तरले पछि पार्दै पौडेल उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा निर्वाचित भएका हुन ।

सार्वजनिक मत परिणाम अनुसार ब्यवसायी भिम पौडेलले २९०४ मत प्राप्त गरेका छन भने प्रतिद्वन्दि बिष्टले १७७८ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति: १६ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्