राजकुमारकी पत्नि दुई सन्तानसहित साढे चार अर्ब लिएर फरार


 


काठमाडौं १६ असार– संयुक्त अरब इमिरेट्स (दुबई) की राजकुमारी हया बिन्त अल हुसैन ११ र ७ वर्षका दुई सन्तानसहित मोटो रकम लिएर भागेकी छन् ।
उनी दुबईका अर्बपति राजकुमार शेख मोहम्मद बिन राशिद अल मकतूमका छैठौं श्रीमती हुन् । यस्तै उनी जेर्डनका राजा अब्दुल्लाकी सौतनी बहिनी हुन् । चार अर्ब ३३ करोड ६० लाख रुपैयाँ लिएर देशबाट भागेकी उनी लण्डन पुगेकी छन् ।

दुबईबाट भागेर जर्मनी गएकी उनी त्यसपछि लण्डन पुगिन् । लण्डनमा लुकिरहेकी हुसैनले जर्मनीमा राजनीतिक शरण मागेकी छन् । हुसैनले राजा शेखसँग सम्बन्ध विच्छेद (तलाक) मागेकी छन् । शेखले भने आफ्नी पत्नि फिर्ता गरिदिन जर्मनसँग माग गरेका छन् । अन्यथा दुई मुलुकबीच राजनीतिक संकट बढ्ने चेतावनी समेत उनले दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति: १६ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्