आज असार १६ गते सोमबारको राशिफल हेर्नुहोस्
वि.सं.२०७६ साल असार १६ गते । सोमबार । इस्वी सन् २०१९ जुलाई ०१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । गृष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्ण पक्ष । तिथि चतुर्दशी,५३ घडी ०८ पला,रातको ०२ बजेर २८ मिनेट उप्रान्त औंशी । नक्षत्र रोहिणी,०९ घडी १० पला,बिहान ०८ बजेर ४३ मिनेट उप्रान्त मृगशिरा । योग गंड,३१ घडी ५७ पला,बेलुकी ०६ बजेर ०० मिनेट उप्रान्त वृद्धि । करण भद्रा,दिउसो ०३ बजेर ०२ मिनेट उप्रान्त शकुनि,रातको ०२ बजेर २८ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा प्रवर्द्धन योग । चन्द्र राशि वृष,बेलुकी ०८ बजेर ४६ मिनेट उप्रान्त मिथुन । काठमाडौँमा सूर्योदय ०५ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०२ मिनेट । दिनमान ३४ घडी ३२ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नराम्रो काम तथा नराम्रा घटनाहरूको सामना गर्नुपर्दा दिनलाई सही रूपमा सपदुपयोग गर्न सकिनेछैन । अध्ययन तथा अध्यापनको क्षेत्र तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनै पनि प्रस्तुतिमा भाग लिँदा प्रशस्त तयारी गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । तयारी बिरानै प्रस्तुत गरिने कुनै पनि योजना विफल हुन सक्छ ध्यान दिनुहोला । व्यवसायमा सामान हराउने तथा नाफा कमाउन अरू दिन भन्दा बढी समय खर्चनु पर्नेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागि हुने ग्रहयोग रहेको छ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) काममा सफलता पाउन मेहनत गर्नुपर्नेछ । सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ । आकस्मिक यात्राको योग रहेको छ । दाम्पत्य जीवनमा सामान्य खटपट हुन सक्छ । स्वास्थ्यमा सुधार आउनेछ । परिवारको सहयोगमा महत्त्वपूर्ण काम गर्ने अवसर मिल्नेछ । वैदेशिक यात्रामा सफलता मिल्नेछ । अध्ययन अध्यापनमा सन्तोषजनक प्रगति हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् भने श्रमको उचित मूल्याङ्कन होला। शैक्षिक गुणस्तरमा वृद्धि गर्न सकिनेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। दाजुभाइ तथा आफन्तकाहरुले सहयोग गर्नेछन् भने सवारी साधन प्राप्तिको गतिलो योग रहेको छ । भविष्यका लागि काम गर्न सकिने समय रहेको छ । प्रेमको डोरो कसिलो भएर जानेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापारमा नाफा कमाउन अलि बढिनै समय दिनु पर्नेछ भने नोकरीमा विशिष्ट व्याक्तित्वहरु सँग विवाद बढ्नेछ । बुवा वा अग्रज सँग कुरा नमिल्दा दैनिक कामहरू प्रभावित हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको सिकार हुनु पर्दा मन खिन्न हुनेछ । प्रेममा अनावश्यक शङ्का गर्नाले मनमुटाब बढ्नेछ । प्रतिकुलताक सामना गर्ने शक्तिमा क्षय हुने हुनाले समय काम सकाउन मुस्किल हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । सरकारी तथा प्रशासनिक कामहरू गर्दा ध्यान दिनुहोला दण्ड जरिवाना तिर्नुपर्ने हुन सक्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्यमा समस्या आउने हुनाले आहार विहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदीबहिनी सँग मनमुटाब बढ्नेछ भने समय अनुसार अपडेट नदुहा अरूभन्दा पछि परिनेछ । व्यापारमा तत्काल लगानी नगर्नु नै राम्रो रहनेछ । पढाई लखाईमा ध्यान नजाँदा अरूकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने जीवन साथी सँग ठाकठुक पर्नेछ । आर्थिक संकटले दैनिकी प्रभावित हुनेछ ।
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) गोप्य सूचनाहरू बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भए पनि विफल हुने ग्रहयोग रहेको छ । स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कुनै पनि विवाद वा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । मुद्दा मामिला तथा यस्तै क्रियाकलापमा सामेल नहुनु नै राम्रो रहेको छ । आफन्त तथा कुटुम्बसँग मनमुटाब बढ्ने योग रहेको छ । शत्रुहरूले टाउको उठाउन खोज्नेछन् ध्यान दिनुहोला । व्यापारमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिकी प्रभावित हुनेछ । तपाईँको कामबाट अरूले फाइदा लिन खोज्नेछन् । स्वास्थ्यमा सामान्य समस्या आई खर्च बढ्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कामहरू समयमा नसकिने तथा अरूबाट बाधा ब्याबधान हुने हुनाले मानसिक तनाव बढ्नेछ । यात्रा गर्दा तथा सवारी चलाउँदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । साथीभाइ तथा परिवारकै मानिसबाट असहयोग हँुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरू सक्रिय रहनेछन् । व्यवसायमा लगानी नगर्नुहोला आज गरिने व्यवसायबाट घाटा लाग्न सक्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पुराना कामहरू छोड्नाले आउने रकम आने छैनन् । व्यापार व्यवसायमा लगापन गरे पनि आम्दानी कमनै हुनेछ । आफन्त तथा आमा सँग मनमुटाब बढ्ने योग रहेको छ भने टाढिएर लामो दुरीको यात्रा गर्नु पदा मन दुखी हुनेछ । घर जग्गाको खरिद बिक्री गर्दा जा सवारी चलाउँदा ख्याल गर्नुहोला समय मध्यमय रहेको छ । कृषि तथा पशुपालन व्यावसायभ ने फस्टाएर जानेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दाजुभाइ तथा बन्धुबान्धब सँग सामान्य मनमुटाब सिर्जना हुने तथा विवाद बढ्नेछ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले आर्थिक अवस्था कमजोर हुनेछ । पराक्रम तथा आँट गर्न नसक्दा विभिन्न अवसरहरू गुम्नेछन् । पढाई लेखाइमा अरूभन्दा कमजोर भइने हुनाले नतिजा अरूकै पोल्टोमा पर्नेछ । प्रेममा नजिक हुने समय नरहेकोले भेटघाट भन्दा पनि प्रविधिको प्रयोग गरी कुराहरू गर्नु राम्रो हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
प्रकाशित मिति: १६ असार २०७६, सोमबार