काँग्रेस नेता सिटौलाले भने – ओली सरकार ढल्दैन


 


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले जनअपेक्षाअनुसार काम गरेमा प्रतिपक्ष दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सकरात्मक ढंगले सहयोग गर्ने स्पष्ट पारेका छन् ।

दुई तिहाइ समर्थनप्राप्त सरकारले जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन्। सरकारले जति काम गर्नुपर्ने हो त्यो गर्न नसकेको उनको भनाइ थियो।मदन भण्डारीको ६८ औं जन्मजयन्तिको अवसरमा मदन भण्डारी फाउन्डेशनले शनिबार काठमाडौंमा गरेको विचार गोष्ठीमा सिटौलाले प्रतिपक्षले सरकार ढाल्न नचाहेको बताए।

उनले भने,‘दुई तिहाइ समर्थनप्राप्त सरकार बलियो छ। जति काम गर्न सकिन्थ्यो त्यो गर्न सकेको छैन, सरकार दुई वर्षसम्म त संविधानले नै ढाल्न दिँदैन। झन् यो सरकार त पाँचै वर्षका लागि हो। तपाईंहरुको पार्टीको खैलाबैलाले बाहेक सरकार यताउता हुने म देख्दिनँ।’

प्रकाशित मिति: १५ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्