नेकपाले जबज छाडेकै हो त ?


 


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यषद्वयले पार्टीको मूल कार्यदिशा जनताको जनवाद भएको बताएका छन् । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित भएको छ ।

पार्टीको कार्यदिशाबारे विवाद भइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एउटै मञ्चबाट अब जनताको जनवादमा जाने बताएका हुन् । तत्कालीन एमालेले अंगीकार गर्दै आएको जनताको बहुदलीय जनवाद (जबज) र माओवादी केन्द्रको एक्काइसौं शताब्दीको जनवाद दुवैलाई छोड्दै नेकपाले जनताको जनवाद कार्यदिशा बनाएको हो ।

अध्यक्षद्वयले जबजको सारतत्व र विशेषतालाई आधार मानेर पार्टीको कार्यदिशा जनताको जनवाद अंगीकार गरिएको बताए । मदन भण्डारीको ६८ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनद्वारा शनिबार राजधानीमा अयोजित कार्यक्रममा ओली र दाहालले समाजवादसम्म पुग्ने लक्ष्य जबजकै हो तर त्यसको नाम जनताको जनवाद राखिएको बताए । भण्डारीले प्रतिपादन गरेको जबजको कार्यदिशाबाट तत्कालीन एमाले संसदीय राजनीतिमा अवतरण गरेको थियो ।

प्रकाशित मिति: १५ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्