दशैँसम्म सरकारमाथिको आलोचना समाप्त हुन्छ : ओली


 


काठमाडौं, असार १४

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले दशैँसम्ममा सरकारमाथि लागेको आलोचना समाप्त हुने बताएका छन्।

गतवर्ष आलोचना भयो, बृद्धभत्ता बढेन भनेर। यसपाली बढायौँ प्रसंसा भएन, रकम छरियो भनेर आलोचना गरियोु उनले भने -दशैँसम्म पुग्दा सरकारमाथिको आलोचना समाप्त हुन्छ। उनले नेकपा जनताको जनवादु सिद्धान्त लिएर अगाडि बढेका प्रष्ट पारेको छन्।

मदन भण्डारीको ६८ औँ जन्मजयन्तिमा आयोजित विचार गोष्ठीमा यस्तो बताएका हुन्। उनले यसै आर्थिक वर्षभित्रै पार्टी एकीकरण प्रक्रिया पूरा हुने दाबीसमेत गरे। उनले यो आर्थिक वर्ष सकिन अझै १५(१६ दिन बाँकी रहेको भन्दै यसबीचमा पार्टी एकीकरण प्रकिया पूरा हुर्न विश्वास दिलाए। उनले दुवै अझै आफसी समझदारीमा अगाडि बढिरहेको पनि स्पष्ट पारेका छन्।

प्रकाशित मिति: १४ असार २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्