असारे सडकको बजेट : राजपाका कार्यकर्ता मालामाल


 


जनकपुरधाम । प्रदेश २ को मन्त्रालयहरुको बजेटको रकम कार्यकर्ताहरुको खाने साधन बनेको छ । भौतिक योजना तथा पुर्वाधार विकास मन्त्रालयले राजपाका दर्जन भन्दा बढी कार्यकर्तालाई योजना दिएर कमाउने माध्यम बनाएका छन । यसप्रकारको योजना दिन भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनललेनै आदेश दिएको बताइएको छ ।

धनुषाका जिल्ला कमिटीकै १६ जनालाई विभिन्न योजना दिएको छ । ती योजनाको काम कुन रुपमा हुने मन्त्रालयको मतलबसम्म पनि देखिँदैन ।
जनकपुरधाम १६ स्थित रेल्वेलाइन नजिक बनिरहेको सडक मापदण्ड विपरीत हुँदा पनि कसैले रोक्न सकिरहेको छैन ।

७० लाखको बजेट रहेको सो सडकमा १ सय ८० मिटर आरसिसी ढलानको काम भइरहेको छ । दुई नम्बरको इटा, कमजोर छड प्रयोग भइरहेको छ । सो सडकको ठेक्केदार राष्ट्रिय जनता पार्टी धनुषाका जिल्ला संयोजक प्रमोद यादव रहेकाले कसैले गुणस्तरहीन कार्यलाई रोक्न सकिरहेको छैन ।

जनकपुरधाम १६ का संतोष साहले गुणस्तरीय काज भइरहेको भनी आफूहरु रोकाउन प्रयास गर्दा ठेक्केदारका व्यक्तिहरु कुटन आएको बताए । स्थानीय राजकुमार पूर्वेले यो वर्षातको लागि सडक बनाएर उपकार नगर्न भौतिक मन्त्रालयलाई सल्लाह दिएका छन । उनले या त राम्रो सडक बनाउनुस नत्र त्यतिकै छोडदिनुस बताए ।

अनुगमन गर्ने निकाय पुरै मौन देखिएको छ । यो सडक सम्बन्धमा मन्त्रालयले केही बोलिरहेको छैन भने पूर्वाधार विकास कार्यलयका अधिकारीहरुले क्यामेरा अगाडी केही नबोले पनि मन्त्रीको मानिसलाई रोक्ने हिम्मत हामीसंग नरहेको अनौपचारिक कुराकानीमा बताइरहेका छन ।

प्रकाशित मिति: १४ असार २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्