कृयाशिल महिला पत्रकार संघमा धरानकी मनिता


 


सुनसरी । क्रियाशिल पत्रकार महिला सघ सुनसरीमा धरानकी सक्रिय महिला पत्रकार मनिता चाम्लिङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

धरान १३ स्थित नेपाल पत्रकार महासंघ सुनसरीको हलमा शुक्रबार भएको तेस्रो अभिवेशनले पत्रकार मनिता चाम्लिङको अध्यक्षतामा कार्यसमिति चयन भएको हो भने उपाध्यक्षमा सुभद्रा प्याकुरेल, सचिबमा सुमित्रा राई, सह–सचिबमा बिमला तिमिल्सिना, कोषाध्यक्षमा अनिता रसाइली चयन भएका छन् ।

यस्तै समितिको सदस्यहरुमा मौसमी कार्की, देबीका चाम्लिङ, रोमा रिजाल ,लक्ष्मि नेम्बाङ,रश्मी प्रधान, जमुना श्रेष्ठ, चयन भएका छन् ।कार्यक्रमको प्रमुख अतिथीमा कृयासिल महिल पत्रकार सघ १ नम्बर प्रदेश अध्यक्ष गंगा पौडेल बराल, पत पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले,लगायतको उपस्थिती रहेको थियो । यस्तै दुई जना महिला सञ्चारकर्मीलाई सम्मानित गरेको छ ,सम्मानित हुनेमा सञ्चारकर्मीद्वय सबिता राई र सुनिता केसी राईलाई संस्थामा योगदान दिएकोले सम्मान गरिएको बताइएको छ ।

प्रकाशित मिति: १४ असार २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्